कथाकार परशु प्रधान निधन
अस्ताए कथाकार परशु प्रधान
Today Dainik

काठमाडौं। कथाकार परशु प्रधानको निधन भएको छ। ८० वर्षीय प्रधानको गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको छोरा प्रतीक प्रधानले जानकारी दिए। प्रधानका दुई छोरा र दुई छोरी रहेका छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ। २००० सालमा भोजपुरमा जन्मिएका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए। प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए। २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन्।