#कमलपाेखरी #छठीमाई
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
Today Dainik
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन् । आज (सोमबार) छठ पर्वको मुख्य दिन प्रधानमन्त्री कार्कीले कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाईको पूजा गरेकी हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेका थिए । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन काठमाडौँका विभिन्न पोखरी र नदी किनारका छठ घाट भव्य रूपमा सजाइएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौँ उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ






























































