काठमाडौं महानगरपालिका#रूवेला-दादुराको खोप#
काठमाडौँ महानगरपालिकामा रुबेला–दादुराविरुद्धको खोप कार्यक्रबाट २ लाख बढी लाभान्वीत
Today Dainik
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले गत फागुन १६ गतेदेखि सुरु गरेको रुबेला–दादुराविरुद्धको खोप कार्यक्रममा दुई लाख १२ हजार तीन सय ६९ बालबालिकाले खोप लगाएका छन्। बत्तिस वटै वडामा दुई चरणमा खोप कार्यक्रम सञ्चालन गरेको कामपाले पहिलो चरणमा वडा नं १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ मा खोप कार्यक्रम सञ्चालन भएको थियो। दोस्रो चरणमा वडा नं ४, ५, ६, ७, १०, १३, १४, १५, १६, २९, ३०, ३१ र ३२ मा नियमित खोप कार्यक्रम सञ्चालन गरिएको कामपाले जनाएको छ।





























































