#केपी शर्मा ओली
‘आफैंलाई कमजोर नपारौं, एकतामा जोड दिऔं’:अध्यक्ष ओलीले
Today Dainik
काठमाडौँ । नेकपा एमालेको आधिकारिक पार्टी गीत बिहीबार एक विशेष समारोहका बीच विमोचन गरिएको छ । सो अवसरमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र एकता, आत्मसम्मान र सहकार्यको आवश्यकता औंल्याए । उनले भने, ‘आफैंले आफैंलाई कमजोर पार्ने कुरा किन गर्नु? आफ्नै खुसीले विष किन खाने ? विष त राम्रो कुरा होइन त्यसले शरीरलाई जस्तै संगठनलाई पनि कमजोर बनाउँछ।’ ओलीले पार्टीभित्र आत्मसम्मान र सहकर्मीबीचको सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । त्यस्तै, उनले पार्टीभित्र सहकार्य र कमरेडली भावनालाई मजबुत बनाउन आग्रह गरे । उनले भने, ‘पार्टीमा लाग्ने मान्छे अपमानित






























































