#क्यासिनाे#नेपाल राष्ट्र बैंक
क्यासिनोले अब अनुमति लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
Today Dainik
काठमाडौँ। नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९को दफा ३ अनुसार इजाजत लिएरमात्र विदेशी विनिमयको कारोबार गर्नुपर्ने प्रावधानअनुसार नै नयाँ प्रबन्ध गरिएको जनाएको छ। विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावली जारी भएको स्मरण गराउँदै केन्द्रीय बैंकले क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजत प्रदान गर्ने स्म्बन्धमा नयाँ व्यवस्था गरिएको हो। क्यासिनोलगायतका संस्थाले इजाजत लिएर विदेशी विनिमय (भारतीय मुद्रा समेत)को कारोबार गर्नु गराउनुपर्ने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ। यस्तै, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै






























































