#गण्डकी प्रदेश #मुख्यमन्त्री #छठ पर्व
संस्कृति, परम्परा एवम् सभ्यताको जगेर्ना साझा दायित्वः मुख्यमन्त्री पाण्डे
Today Dainik
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकभित्रका संस्कृति, परम्परा एवम् सभ्यताको जगेर्ना गर्नु सबैको साझा कर्तव्य भएको बताएका छन् । छठ पर्वका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा अपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउने बताएका छन् । समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्दै समतामूलक एवं सुसंस्कृत समाजको निर्माणका लागि छठ पर्वले हामी सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै उनले यस पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोतर






























































