#गरिमा विकास बैंक
गरिमा विकास बैंकको साधारणसभा सम्पन्न,१०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित
Today Dainik
काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। कास्कीको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा आयोजित उक्त सभा लाभांश प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो। साधारणसभाले बैंकका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभामा बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटी परिवर्तन विवरण लगायतका अनुसूचिहरू अनुमोदन गरिएको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने






























































