#गिरिजाप्रसाद कोइरालाको आज १४औँ स्मृति दिवस
आज गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस मनाइँदै
Today Dainik
काठमाडौं । नेपालमा नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरी २०६२/६३ को जनआन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज १४औँ स्मृति दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफू अनुकुलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो। त्यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए। विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृतवमा पूर्ण






























































