#गृहमन्त्री निर्देशन #पेट्रोल पम्प
गृहमन्त्रीको निर्देशनपछि नेपाल प्रहरी र ससस्त्र प्रहरीद्वारा सञ्चालित पेट्रोलपम्प अब २४सै घण्टा खुल्ने
Today Dainik
काठमाडौं। नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु अब २४सै घण्टा सञ्चालन हुने भएका छन्। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरी र ससस्त्र प्रहरीद्वारा सञ्चालित पेट्रोलपम्प अबदेखि २४सै घण्टा सञ्चालन हुने भएका हुन्। मन्त्रालयका अनुसार गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा सञ्चालन हुने भएका छन्।






























































