#गृहमन्त्री# भेटवार्ता
सुन तस्करीबारे छानबिन प्रकृया अघि बढाउन प्रधानमन्त्री र प्रहरी प्रमुखसँग गृहमन्त्री लामिछानेको भेटवार्ता
Today Dainik
काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अध्ययनपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । आज बिहान आयोगले प्रतिवेदन बुझाए पश्चात गृहमन्त्रीले कारबाही प्रकृया अघि बढाउन प्रधानमन्त्रीसँग भेट गरेका हुन्। प्रधानमन्त्रीसँग भेट गरेसँगै उनले नेपाल प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई पनि भेट गरेका छन्। पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले करिब ५ महिनाको छानबिनपछि गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो। हङकङबाट तस्करी गरेर ल्याइएको ६० किलो र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याइएको सुनबारे आयोगले छानबिन गरेको थियो। विधुतीय चुरोट (भेप) र सवारीसाधनका ब्रेक–सु





























































