#ग्लाेबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकको साधारण सभा : सेयरधनीहरूलाई उचित लाभांश दिने अध्यक्ष ढकालको प्रतिबद्धता
Today Dainik
काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ। सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेकाे वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकले आर्थिक वर्ष २०८१/८२ मा रु ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा रु ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो।






























































