#जेनजी आन्दाेलन
‘जेनजी जनआन्दोलनको जगमा बनेको सरकारलाई इन्टरनेटको महत्व थाहा छ’
Today Dainik
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मानिसका लागि इन्टरनेट जीवनको अभिन्न आवश्यकता भएको बताएका छन्। आइतबार (कार्तिक कर्तिक २३ गते) नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्याएको विशेष प्याकेजको शुभारम्भ गर्दै मन्त्री खरेलले जेनजी पुस्ताको आन्दोलन र बदलिँदो प्रविधिक परिवेशले अहिलेको सरकार र नीतिलाई नयाँ दिशातर्फ अघि बढाइरहेको बताए। उनले भने, ‘देश र जनताको लागि केही नयाँ गर्न सकूँ भन्ने चाहना मनमा सँधै रहन्छ। जेनजी जनआन्दोलनको जगमा बनेको यो सरकारलाई थाहा छ अघिल्लो सरकार किन रहन सकेन भनेर। सामाजिक सञ्जाल बन्द भएपछि जसरी देशभर प्रदर्शन भयो, त्यसपछि बनेको सरकार यो






























































