#तनहुँ#पर्यटक बस#दुर्घटना
तनहुँमा पर्यटक बस दुर्घटना, ६ चिनिया पर्यटक घाइते
Today Dainik

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारमा आज (शनिबार) बिहान पर्यटक बस दुर्घटना हुँदा ६ चिनिया नागरिक घाइते भएका छन्। पोखराबाट काठमाडौँ आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस बिहान साढे ६ बजेतिर सडकछेउमा पल्टिँदा ६ चिनिया पर्यटक घाइते भएका हुन्। ५० वर्षीय सुन ली, ५७ वर्षीया हुक्सिया ली, ६२ वर्षीय वाङ वि डोङ, ६७ वर्षीय कियो मेङ, ६८ वर्षीय छुचेङ र ७० वर्षीय लियो या छिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घाइते सबैको शुक्ल गण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार