#निसान मोटर कम्पनी
निसान सर्भिसद्वारा सातदोबाटो ट्राफिक स्टेशनलाई सहयोग
Today Dainik
ललितपुर। स्थानीय प्रशासनलाई सहयोग पुर्याउने र समुदाय पुनःस्थापनामा योगदान पुर्याउने उद्देश्यले, निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पको सर्भिस सेन्टर ‘निसान सर्भिस’ ले सातदोबाटो ट्राफिक प्रहरी कार्यालयलाई टेलिभिजन सेट हस्तान्तरण गरेको छ। आन्दोलनका कठिन परिस्थितिहरूबीच पनि सडकमा अनुशासन कायम राख्दै जनसुरक्षाका लागि अहोरात्र खटिएका नेपाल ट्राफिक प्रहरीको समर्पण र सेवाको कदरस्वरूप यो हस्तान्तरण कार्यक्रम आयोजना गरिएको निसान सर्भिसको भनाइ छ । सातदोबाटो ट्राफिक प्रहरी कार्यलयका प्रतिनिधिहरूले निसानको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै, निजी र सरकारी क्षेत्रबीचको यस्ता सहकार्यले विषम परिस्थितिमा समुदायको दृढता र आपसी साझेदारीलाई बढावा दिने विश्वास व्यक्त गरे






























































