#नेपाल उद्योग वाणिज्य महासंघ #चन्द्रप्रसाद ढकाल
पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल
Today Dainik
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा पूर्वाधार विकासका लागि आन्तरिक पुँजी परिचालन आवश्यक रहेको बताएका छन्। काभ्रे उद्योग वाणिज्य सङ्घको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन्। उनले देशमा ठुला पूर्वाधार परियोजनाको लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्रै मुख ताकेर नहुने भन्दै देशमै छरिएर रहेको पुँजीलाई एकत्रित पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नुपर्ने बताए। अध्यक्षका ढकालले त्यसैको लागि महासङ्घको पहलमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरि काम सुरू गरिएको जानकारी दिँदै यसबाट ठुला पूर्वाधार विकास






























































