#नेपाल भारत सीमा नाका
नेपाल–भारत सीमा क्षेत्रमा आवागमन बन्द, आवागमनका लागि परिचयपत्र अनिवार्य
Today Dainik
काठमाडौँ । भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधानसभा निर्वाचनका लागि रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा आवागमन बन्द गरिएको छ। भारतको बिहार राज्य सितामढी तथा पुर्वी चम्पारणका जिल्लामा कात्तिक २५ गते (नोभेम्बर ११ तारेख) का दिन दोस्रो चरणको विधानसभा निर्वाचन हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागी सीमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यलय रौतहटले जनाएकाे छ । कार्यालयका अनुसार कात्तिक २५ गते ६ः०० बजे सम्म नेपाल–भारत सीमा नाका बन्द हुने छ। नेपाल–भारत सीमा नाकामा आकस्मिक सेवा बाहेक आवागमन पूर्णः रूपमा बन्द भएको जनाइएकाे छ। तर अहिले एकबाट अर्को देशका नागरिकहरु परिचय






























































