#नेपाल राष्ट्र बैंक
राष्ट्र बैंकले घटायो डेबिट कार्डबाट हुने कारोबारको सीमा
Today Dainik
काठमाडौँ। नेपाल राष्ट्र बैंकले डेबिट कार्डमार्फत हुने कारोबारको सीमा घटाएको छ। शुक्रबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले नयाँ सीमा लागू गर्ने निर्णय गरेको हो, जुन एटिएम, एमपोस मेसिन तथा कार्डमार्फत गरिने अन्य भुक्तानी माध्यमहरूमा पनि लागू हुनेछ। नयाँ व्यवस्था अनुसार अब एटीएमबाट डेबिट कार्ड प्रयोग गरी प्रति कारोबार अधिकतम २० हजार रुपैयाँ मात्र झिक्न सकिनेछ। यसअघि यो सीमा २५ हजार रुपैयाँ थियो। त्यस्तै, दैनिक सीमा ५० हजार रुपैयाँ र मासिक सीमा ३ लाख रुपैयाँ तोकिएको छ। अघिल्लो व्यवस्था अनुसार दैनिक १ लाख रुपैयाँ र मासिक ४ लाख रुपैयाँसम्म कारोबार






























































