#नेरूडे#मिर्मिरे#लघुवित्त# मर्ज# एकीकृत कारोबार
नेरुडे र मिर्मिरे लघुवित्तको आजबाट एकीकृत कारोबार सुरू
Today Dainik
काठमाडौं। नेरुडे र मिर्मिरे लघुवित्तले आज (बुधबार)बाट एकीकृत कारोबार सुरु गरेको छ। दुवै संस्था एक आपसमा मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार सुरु भएको हो। दुवै कम्पनीको १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन्। दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिइसकेको थियो। साथै, धितोपत्र बोर्डले पनि मर्जरका लागि स्वीकृति दिइसकेको छ। मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं ८ काभ्रेपलाञ्चोकमा रहने छ।






























































