#प्रचण्ड #माओवादी केन्द्र# जनताकाे भरोसा
जनताको भरोसा माओवादीमाथि: प्रचण्ड
Today Dainik
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) द्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम आज गोरखा सदरमुकाममा सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्य वक्ता र संयोजकका रूपमा सहभागी भएका थिए । कार्यक्रममा संयोजक प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्था, जेन–जी आन्दोलनका मुद्दा तथा पार्टीको आगामी कार्यदिशाबारे आफ्ना विचार प्रस्तुत गरे । उनले जेनजी पुस्ताले उठाएका विषयहरू माओवादी आन्दोलनकै निरन्तरता भएको बताउँदै ती मुद्दा पूरा गर्न पार्टी प्रतिबद्ध रहेको स्पष्ट गरे । ‘जेन–जी आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती






























































