#प्रतिनिधि बैठक
प्रतिनिधिसभाको बैठक आज बस्दै
Today Dainik
काठमाडौं। आज (सोमबार) प्रतिनिधिसभाको बैठक बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा शिक्षामन्त्री सुमना श्रेष्ठले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पेस गर्ने र आगामी बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल गर्ने सम्भावित कार्यसूची छ। हिजो बैठकका लागि यी दुई विषय कार्यसूचीमा राखिए पनि सांसद मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै कार्यसूचीमा प्रवेश नगरी आजसम्मका लागि स्थगित भएको थियो। तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण आजको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्ने सम्भावना कम छ। यद्यपि कांग्रेसले संसदमा अवरोध गर्ने आफ्नो चाहना नभएको समेत बताएको छ।






























































