फागु पर्व
आजदेखि विधिवत रुपमा फागु पर्व सुरू, बसन्तपुरमा ठड्याइयो चिर
Today Dainik
काठमाडौं। सांस्कृतिक एवं परम्परागत फागु पर्व वसन्तपुरमा चिर ठडाएपछि आजदेखि विधिवत रुपमा सुरु भएको छ। फागुन शुक्ल अष्टमी (आइतबार) बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चिर उठाइएको हो। चीर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेका हुन्। यही चैत ११ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर फागु पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट अर्थात् चैत १२ गते फागु पर्व मनाइने छ।






























































