#बाग्लुङ बस दुर्घटना
बागलुङमा बस दुर्घटना, ८ को मृत्यु २४ घाइते
Today Dainik
काठमाडौं। बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। घटनास्थलमै ७ जनाको मृत्यु भएको छ भने अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ। दुर्घटनामा मृत्यु भएकाको शव सङ्कलन भइरहेको छ भने मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ। मृतकको सनाखत हुन नसकेको प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ। रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं को बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका–६






























































