#मोन्था आँधी #मौसम
‘मोन्था’ आँधीको प्रभाव: केही स्थानमा आज वर्षाको सम्भावना कायमै
Today Dainik
काठमाडौँ। बङ्गालको खाडीबाट आएकाे ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भूभागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव बलियो भएकाले बदली जारी रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली






























































