#मौसम#चट्याङ# हावाहुरी
आज चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
Today Dainik
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। अझै दुई दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको महाशाखाले जनाएको छ। आज पनि कोशी र मधेशमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ‘बुधबार काठमाडौँमा दिनभर नै वर्षा भएको छ। तीन दिनसम्म उल्लेख्य रूपमा मौसममा सुधार हुने देखिँदैन। तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना रहेको महाशाखाले






























































