गण्डकी प्रदेशमा आज हिमपातको सम्भावना

 Today Dainik

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाका अनुसार राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।


आज यी चार प्रदेशमा हिमपातको सम्भावना

 Today Dainik

काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


टुडे दैनिक

मन्त्री शर्माले भनिन् – बीमाका लागि १० अर्ब रुपैयाँ, वार्षिक बजेटको परिधिभित्र रहेर काम गर्ने

दैनिक १३ लाख मतपत्र छपाइ, कहिलेसम्म पुग्छ सबै निर्वाचन क्षेत्रमा ?

रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

सभापति थापाले भने – आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ

तोलामा ४ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य, अब कति पर्ला ?