गण्डकी प्रदेशमा आज हिमपातको सम्भावना

 Today Dainik

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाका अनुसार राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।


आज यी चार प्रदेशमा हिमपातको सम्भावना

 Today Dainik

काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


टुडे दैनिक

राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा लक्ष्य बमोजिम प्रगति भएको छ: रक्षामन्त्री राई

त्रास फैलाउनेलाई कारबाही गर्न बैंकरहरूको माग

चितवनमा राष्ट्रिय ‘डेरी एक्स्पो’

अध्यादेशले अर्थतन्त्रलाई चलायमान बनाउन सशक्त भूमिका खेल्नेछ: अर्थमन्त्री पौडेल

महिला टी–२० सिरिज: आज थाइल्याण्ड र नेदरल्याण्डस भिड्दै