#युवा तथा खेलकुद मन्त्री#विराज भक्त श्रेष्ठ#मानव तस्कर#कारबाही
मानव तस्कर गरिरहेका प्रशिक्षकहरूलाई कारबाही: मन्त्री श्रेष्ठ
Today Dainik
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मानव तस्कर गरिरहेका प्रशिक्षकहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटनका अवसरमा आज (शनिवार) मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। साथै मन्त्री श्रेष्ठले पुल्चोकस्थित पुरानो मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउन समेत पहल गर्ने बताएका छन्। मन्त्री श्रेष्ठले पुल्चोकस्थित मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउनका लागि अगाडि बढेको प्रस्तावमा काम गर्ने पनि बताएका छन्।





























































