#राप्रपा#विरोध कार्यक्रम#काठमाडौं
राप्रपाले आज विरोध कार्यक्रम प्रदर्शन गर्दै
Today Dainik
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालले आज विरोध प्रदर्शन गर्दैछ। भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टाचारीलाई कानूनको दायरामा उभ्याउन मागसहित आन्दोलन गर्न लागेको हो। आन्दोलन कार्यक्रम काठमाडौं भद्रकाली परिसरमा मध्यान्ह १२ बजेबाट सुरु हुनेछ। आन्दोलनमा पार्टीका शीर्ष नेताहरू पनि सहभागी हुने भएका छन्।





























































