#राष्ट्रिय परीक्षा बोर्ड# एसईई
एसइईको सबै तयारी पूरा, २ हजार ५७ परीक्षा केन्द्र निर्धारण
Today Dainik
काठमाण्डौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी सकिएको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि २ हजार ५७ परीक्षा केन्द्र निर्धारण गरेको छ। यस वर्षको एसईई आगामी चैत १५ गते बिहिबार देखि सुरु हुने भएकाले परीक्षाको केन्द्र निर्धारण गरेको हो। एसईई परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको जानकारी दिँदै बोर्डले प्रश्नपत्र छाप्ने काम गरिरहेको र अबको तीन चार दिन भित्रमा सकिने जनाएको छ। साथै दुर्गम र टाढाका जिल्लाहरूमा प्रश्नपत्र र परीक्षाका लागी आवश्यक सामग्रीहरू पठाई सकिएको र नजिकका जिल्लाका





























































