#राष्ट्रिय सहकारी बैंक
राष्ट्रिय सहकारी बैंकको २२औँ वार्षिक साधारण सभा आह्वान, के के छन् एजेन्डा ?
Today Dainik
काठमाडौँ। राष्ट्रिय सहकारी बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा आगामी मङ्सिर ६ गते शनिबार हुने भएको छ। बैंकको असोज २७ गते (सोमबार) सम्पन्न सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको संयूक्त बैठकले मङ्सिर ६ गते साधारण सभा गर्ने निर्णय गरेको हो। बैंकको २२औं वार्षिक साधारण सभा अन्तर्गत मङ्सिर ६ गते ७ वटै प्रदेशमा एकाइ सभा र १३ गते एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित सभा गर्ने निर्णय भएको बैंकले जनाएकाे छ। एकाइगत रूपमा हुने साधारण सभा अन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको बार्दिबास, बागमती प्रदेशको काठमाडौँ, गण्डकी प्रदेशको पोखरा,






























































