#राहदानी विभाग
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने
Today Dainik
काठमाडौँ। राहदानी विभागले दैनिक १ हजार थान राहदानी वितरण गरिने जनाएकाे छ। विभागले आइतबार साँझदेखि दैनिक (सार्वजनिक बिदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो। विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको आज जारी विज्ञप्तिमा उल्लेख गरेको छ। नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने सङ्क्रमणकालीन अवस्था (ह्याण्डओभर र टेकओभर) तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जनाएको






























































