#सन नेपाल लाइफ#वित्तिय साक्षरता
सन नेपाल लाइफ इन्सुरेन्सको २ दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
Today Dainik
काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सको सहायक कम्पनी सन लाइफ क्यापिटलको २ दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कम्पनीले ‘विश्व वित्तीय सप्ताह–२०२४’ ‘ग्लोबल मनि विक’ को अवसरमा चैत ७ र ८ गते कार्यक्रम गरेको हो। क्यापिटलले बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय चाकुपाट, ललितपुर र श्री मल्पि इन्टरनेस्नल कलेज, चक्रपथ, काठमाडौंमा कार्यक्रम सञ्चालन गरेको थियो। चैत ७ गते श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी






























































