#सभापोखरी#आईपीओ
सभापोखरी हाइड्रोपावरले आइपीओ जारी गर्दै
Today Dainik

काठमाडौं। सभापोखरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ। सभा चैत २४ गते अरिकल इभेन्ट्स, महाराजगंज, काठमाडौंमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ। सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा छलफल गर्नुका साथै आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। कम्पनीको आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत रहनेछ।