#सिद्धार्थ बैंक#जर्मन होम्स्
सिद्धार्थ बैंकका ग्राहकहरूलाई जर्मन होम्समा १० प्रतिशतसम्म छुट
Today Dainik
काठमाडौँ। सिद्धार्थ बैंक र जर्मन होम्स् प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार, भक्तपुरको बालकोटस्थित जर्मन होम्स् मा बैंकका ग्राहकहरूले कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउनेछन्। यस पहलले ग्राहकहरूलाई नगद कारोबारभन्दा डिजिटल कारोबारतर्फ आकर्षित गर्ने बैंकको उद्देश्य रहेको छ। सिद्धार्थ बैंकका ग्राहकहरूले यस सेवा सम्बन्धमा थप जानकारीको लागि २४ घण्टा उपलब्ध ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।






























































