#सिद्धार्थ बैंक
सिद्धार्थ बैंकका ग्राहकहरूलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशत सम्मको छुट
Today Dainik
काठमाडौँ। सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेल प्रा.लि. बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार गोकर्णेश्वर, काठमाडौँ स्थित माउन्ट अफ एक्सेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा ४० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरूमार्फत सम्पर्क गर्न सकिनेछ।






























































