#KP Oli#विश्व मृगौला दिवस
विश्व मिर्गौला दिवस : ओलीका यस्ता छन् सुझावहरू
Today Dainik
काठमाडौँ । आज विश्व मिर्गौला दिवस ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ। यसै अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुभवसहितका केही सुझावहरू समेत दिएका छन्। दुई पटक मिर्गौला प्रत्यारोपण गरेका ओलीले मिर्गौला जोगाउन आफैँ सजग हुनुपर्नेमा जोड दिएका छन्। उनले भने “मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु। हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ। जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ। प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस्






























































