• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Mon, 06, Feb, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / समाचार

जुनारमा असिना र औँसाः किसानको आशामा निराशाको बादल

१७७३२ पाठक संख्या

टुडे दैनिक संवाददाताMay 4, 2020 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । अनुकूल मनसुनका कारण ढकमक फूलसँगै प्रशस्तै दाना लागेपछि उत्पादन राम्रो हुने आशा बोकेका जुनार किसानको सपनालाई केही दिन अघि परेको असिनाले क्षणभरमै चकनाचुर तुल्याएको छ ।

कोभिड– १९ को जोखिम नियन्त्रणका लागि गरिएको ‘लकडाउन’कारण जिल्ला र स्थानीय तहमा किटनाशक औषधिको अभावले केही वर्षदेखि प्रकोपका रुपमा देखिएको औँसाले बाँकी फललाई पनि सखाप पार्ने हो कि भन्ने अर्को चिन्ताले अहिले किसानलाई सताएको छ ।

तीनकन्यामा व्यावसायिक जुनारखेती गर्दै आएका लोकबहादुर आलेमगर भन्छन्, ‘अनुकूल मनसुनले फूल र दाना राम्रो देखियो, यस वर्ष धेरै फल्छ कि भन्ने लागेको आशलाई केही दिनअघि परेको भारी असिनाले क्षणभरमै निराशामा बदल्यो, आधा चिचिला झा¥यो, टुट्टामा पा¥यो, बाँकी फललाई पनि औँसाले खत्तम पार्ने हो कि भन्ने चिन्ता छ ।’

जुनार खेतिका लागि अनुकूल हावापानी भएकाले सिन्धुलीको महाभार क्षेत्रलाई सरकारले चार वर्षअघि सुपर जोन घोषणा गरी जुनार उत्पादन क्षेत्र विस्तार र रोग नियन्त्रणलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यहाँको गोलञ्जोर गाउँपालिकाका रचनचुरा, जलकन्या, तिनकन्यालगायत क्षेत्र गुणस्तरीय जुनार उत्पादनका लागि पकेट क्षेत्र मानिन्छन् । त्यस क्षेत्रमा गुणस्तरीय उत्पादनका लागि नर्सरी स्क्रिन हाउससमेत स्थापना गरिएको छ ।
कृषक मगरले १८ रोपनी क्षेत्रफलमा लगाइएका ५०० बोट जुनारबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आएका छन् । परम्परागत खेती कोदो, फापर, गहुँ, जौ र आलुखेती गर्दै आएका त्यस क्षेत्रका किसान व्यावसायिक जुनारखेतीमा प्रवेश गरेसँगै जीवनस्तर उकास्न ठूलो योगदान पु¥याएको छ ।
जिल्लामा वार्षिक १० हजार टनभन्दा बढी जुनार उत्पादन हुँदै आएको छ । त्यहाँको महाभारत इलाकाको १०० किलोमिटर क्षेत्र जुनार, सुन्तला, कागती र निबुआका लागि उर्भरभूमि मानिन्छ । जुनारको एउटा बोटबाट एक हजारदेखि एक हजार ५०० सम्म फल उत्पादन हुन्छ भने एउटा नर्सरी बिरुवालाई १२५ मा बिक्री भइरहेको छ । सिन्धुली जिल्लाबाट मात्र वार्षिक रु २० करोड मूल्य बराबरको जुनार बिक्री हुँदै आएको छ ।

चिचिला मात्र होइन, हाँगैसमेत स्वोत्तर
जिल्लाका चार हजारभन्दा बढी घरपरिवार अहिले व्यवसायी जुनारखेतीमा संलग्न छन् । किसानलाई बेलाबखतमा देखापर्ने विभिन्न रोग किराको प्रकोपबाट बोटबिरुवा र फल जोगाउने चिन्ताले भने सधैँ सताइरहन्छ । अरु अन्नबालीको तुलनामा सजिलो र बढी आम्दानी हुने तथा स्थानीयवासीलाई रोजगारीसमेत प्रदान गर्न पाएकामा त्यसमा संलग्न किसान व्यवसायप्रति सन्तुष्टि व्यक्त गर्छन् ।
जुनारका लागि वर्षमा दुई पटक मल हाल्नुपर्छ भने चारपटक औषधि छर्कनुपर्छ । मल प्रतिडोका रु १०० मा किनेर हाल्नुपरेको किसान बताउँछन् । किसानले रोग नियन्त्रणका लागि औषधिका किन्न अग्रिमरुपमा रकम जम्मा गरेर परियोजनालाई उपलब्ध गराउँदै आएका छन् । कृषि बीमा कार्यक्रम प्रभावकारी नभएका कारण पनि जुनार किसान मारमा परेका हुन् ।
जुनार र सुन्तलाको व्यवसाय खेती गर्दै आएकी कृषक देवकुमारी ठकुरी भन्छिन्, ‘लगातार परेको असिनाले जुनारका चिचिला लग्यो, किसान निराश छ, हाँगैसमेत भाँचेर स्वोतर बनाएको छ, ठूलो समस्या भो, ३० वर्ष लगाएर हुर्काएर बोट खतम भए । हामी अहिले विचल्लीमा परेका छौँ ।’ ठकुरीले पोहरसाल ११ लाख बराबरको जुनार सुन्तला बिक्री गरेका थिए । त्यस क्षेत्रका किसानले जुनारको गोडमेल, मल हाल्ने र टिप्ने कार्यमा संलग्न गराई स्थानीयवासीलाई ठूलो राजगारी प्रदान गर्दै आएका छन् ।

प्रकोप सिन्धुलीमा विषादी काठमाडौँमा
उनी भन्छिन्, ‘बाँकी फल पनि जोगाउन मुस्किल होला जस्तो छ, मुलुकमा लकडाउन छ, औँसा बगैँचामा सलबलाउन शुरु गरिसके, रोग किरा नियन्त्रण गर्ने औषधि काठमाडौँमा छ, यसको कसरी व्यवस्थापन गर्ने भन्ने किसानमा पिरलो परेको छ ।’

बिजुको तुलनामा कलमी बोटको सुनौलो रङ्गको जुनार गुणस्तरीय मानिन्छ । रतनचुरा चिसापानीका योगेन्द्र थापाको बगँैचामा ६०० सम्म जुनारको बोट छ । जिल्लामा वार्षिकरुपमा एक लाखभन्दा बढी मूल्यको जुनार बिक्री गर्ने किसानको सङ्ख्या हजारभन्दा बढी छ ।

जुनार सुपरजोन परियोजना प्रमुख देवराज अधिकारी भन्छन्, ‘यस वर्ष जुनारको फूल रामै्र फुलेको थियो, असिनाले ५० प्रतिशत साना दानामा क्षति पु¥याएको छ, बाँकी रहेकालाई बचाउन सकियो भने पनि ठूलै उपलब्धि हुन्छ ।’

त्यस क्षेत्रमा किसानले सञ्चालन गरेका सहकारी कृषकको हितमा प्रभावकारी देखिएका छन् । त्यस्ता सहकारीमा आबद्ध हुने किसानको सङ्ख्या दुई हजारभन्दा बढी छ । औंसाले अघिल्ला वर्षमा ४० प्रतिशतसम्म क्षति पु¥याएकामा किरा नियन्त्रण कार्यक्रमपछि क्षति घटेर १५ प्रतिशतमा झरेको जानकारी दिँदै उनी भन्छन्, ‘किरा नियन्त्रणका लागि विषादी वैशाख अन्तिमभित्र छर्नुपर्छ, विषादि काठमाडौँबाट ल्याउन पहल र प्रयास गरिरहेका छौँ ।’

सातसयदेखि बाह्रसय मिटरसम्मको हावापानीमा फस्टाउने जुनारखेती सिन्धुली, रामेछाप, उदयपुर, धनकुटा, भोजपुर र ओखलढुङ्गामा निकै राम्रो सम्भावना छ । पछिल्ला वर्षमा सिन्धुलीका जुनार काठमाडौँ र तराई जाने यात्रुका लागि कोसेली बनिरहेको छ ।

उद्योग त छ तर विडम्बना छ

चीनले सिन्धुलीका उत्पादित जुनार निर्यात गर्न सम्झौता गरिरहेको छ । आन्तरिक बजार पनि राम्रो रहेको हुँदा मुलुकको आयात निर्यातबीच सन्तुलन कायम गर्न जुनार विकल्प बन्न सक्छ । त्यसका लागि जुनार खेतीको विकास र विस्तार गर्नुपर्ने विज्ञको सुझाव छ । जुनार उत्पादन कार्तिकदेखि फागुनसम्म हुने भए पनि मंसिर र पुस महिनाभित्र बढी उपयुक्त मानिन्छ ।

सिन्धुलीका जुनार जनकपुर, विराटनगर, पोखरा र काठमाडौँको अतिरिक्त भारतको विहारसम्म बिक्री हुँदै आएका छन् । त्यहाँका जुनार मौसमअनुसार, प्रतिकिलो रु ६० देखि १८० सम्म बिक्री हुने गरेको छ । जुनार भण्डारणका लागि सिन्धुलीमा ५०० मेक्ट्रिकटन क्षमताको कोल्डस्टोर निर्माण गरिएको छ । त्यहाँ उत्पादित जुनारको जुस बनाउने सोचका साथ स्थापना गरिएको उद्योग विडम्बना नै भन्नुपर्छ अझैसम्म सञ्चालनमा आउन सकेको छैन । अत्यन्त न्यून ज्यालामा मजदूरीका लागि विदेशी भूमिमा पसिना बगाइरहेका युवालाई स्वदेशमै रोजगारी दिन र फलफूलमा आत्मनिर्भर तुल्याउन जुनारको व्यावसायिक खेती विस्तार विकल्प हुन सक्छ ।

सम्बन्धित पोस्ट
  • भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा
  • साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित
  • तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर
  • सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प : ९० जनाको मृत्यु भएको विवरण, संकटकाल घोषणा

    मन्त्री पद गएको हप्ता दिन पुग्न लाग्दासमेत रविले मन्त्री क्वार्टर छाडेनन्

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म, यस्तो छ परीक्षा तालिका

    रवि लामिछानेले आज नागरिकता लिने

    रविको मुद्दामा आजै फैसला सुनाउने तयारी

    प्रदेश मन्त्रालय घटाउँछौं, खर्चभार कटौती गर्दैछौं : प्रधानमन्त्री प्रचण्ड

    विदेशमा रहेका श्रमिकको रगत–पसिनाबाट देश चलिरहेको छ : प्रधानमन्त्री

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    हरिबोधिनी एकादशी, तुलसी विवाह गरी मनाईदै

    टुडे दैनिक

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    यमपञ्चक को साइत सार्वजनिक, भाइटीका कात्तिक १० गते बिहान ११:३७ बजे

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑