बारा कार्तिक ३०/ नेपाली काग्रेसका बारा जिल्ला उपसभापति अमिरीलाल पालले बारा–४ मा गठबन्धन उम्मेदारहरुको जित नै नेपाली काग्रेसको जित भएको बताएका छन् ।
बारा निर्वाचन क्षेत्र नं ४ को सत्ता गठबन्धका उम्मेदवारहरुको बाराको प्रष्टोकामा आयोजना भएकोे चुनावी सभालाई सम्वोधन गर्दै काग्रेस जिल्ला उपसभापति पालले बारा निर्वाचन क्षेत्र नं ४ का सम्पुर्ण काग्रेस कार्यकर्तालाई गठबन्धमा उम्मेदवारहरुलाई जिताउन एक भएर लाग्न अनुरोध गरेका गरेका छन् ।
‘केन्द्रिय कार्यालयको निर्देशन अनुसार जिल्लाका नेताले गठबन्धनको उम्मेदरलाई भोट दिनुहु्न सबैमा मेरो अनुरोध छ’ उपसभापति पालले भने ‘नेपाली काग्रेसले राष्ट्रिय हितको लागि गठबन्धन गरेकोले काग्रेसका सम्पुर्ण साथीहरुले बारा ४ नम्वर क्षेत्रका उम्मेदार किसान श्रेष्ठ, क्षेत्र बहादुर श्रेष्ठ र जितेन्द्र सोनललाई मतदान गर्न्होला’ कांग्रेस बारा जिल्ला उपसभापति रहेका पालले बारा ४ मा कांग्रेसको उम्मेदवार किसान श्रेष्ठ नै भएको टिप्पणी गरेका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८