बारा/सिमरा
जीतपुर सिमरा उपमहानगरका पूर्व नगरप्रमुख डा. कृष्ण पौडेलको निधनमा पूर्व मन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठ सहित नेकपा एसका नेता कार्यकर्ताहरुले श्रद्धान्जली व्यक्त गरेको छ ।
पूर्व मन्त्री सहितको टोलीले विहिवार पूर्व नगरप्रमुख स्व.पौडेलको निवासमा पुगेर शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना व्यक्त गरेको हो । श्रद्वान्जली कार्यक्रममा पूर्व मन्त्री श्रेष्ठले स्व. कृष्ण पौडेल आफ्नो अत्यन्तै घनिष्ट मित्र भएकोले उनको मृत्युले आफुलाई अत्यन्तै मर्माहत तुल्याएको बताएका थिए । पछिल्लो समय अशोज २० गते हातेमालो वचत तथा ऋण सहकारी संस्थाको १६ औ वार्षिक साधारण सभामा पौडेलसँग भएको भेटमा भलाकुशारी भएको टिप्पणी गरेको छन् ।
पूर्व मन्त्री श्रेष्ठले शोक सन्तप्त परिवारप्रति हौसला प्रदान गदै जहाँ जुनसकुै समस्या परेपनि आफुलाई सम्झन आग्रह गरेका छन् । ‘जे परेपनि सहनु भन्दा अरु विकल्प छैन्, बिशेषगरी बाबु नानीको जिम्मेवारी अव बहिनीको काँधमा छ केही पर्यो भने जहिल्यै पनि किसानदाई छ भनेर सम्झनु, केही हिच्चकिचाउनु पर्दैन्’ पूर्व मन्त्री श्रेष्ठले भने ।
श्रद्धान्जली कार्यक्रममा नेकपा एसका बारा जिल्ला ईन्चार्ज दिनेश राई, पार्टी केन्द्रीय परिषद् सदस्य सरिता राई, नगर कमिटी अध्यक्ष संजय पटेल सहित नेकपा एसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८