• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Tue, 07, Feb, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

७२७३ पाठक संख्या

टुडे दैनिक संवाददाताDecember 19, 2022 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बजारमा ९० रुपयाँ बिक्री हुने दुध प्रतिलिटर ५५ देखि ६५ रुपयाँ बेच्न बाध्य

बारा,मंसिर ४

जितपुरसीमरा वडा नं १६ महेन्द्रनगरका शंकरराज अर्यालले करिव १ करोड लगानीमा २० वटा गाई, ५५ वटा बाख्रा पालन गरेका छन् । १६ वटा दुहुना गाईको उनले दैनिक ७० देखि ७५ लिटर दुध बिक्री गर्दछन् । अर्यालले उत्पादन गरेको दुध बजारमा प्रतिलिटर ९० देखि सय रुपयाँमा बिक्री हुन्छ । तर सोही दुधको मुल्य सहकारी (डेरी) ले भने प्रतिलिटर ५८ देखि ६४ रुपयाँ भन्दा माथि दिदैन् । ‘डेरीले हामीलाई दिने मुल्य चित्त बुझ्दो छैन् तर त्यसको विकल्प पनि हामीसँग केही छैन, १ करोड लगानी गरेर मासिक ५० हजार आम्दानी गरेर के फाईदा भयो भन्नु’ पशुपालक अर्यालले भने ‘तैपनि खाडी मुलुक गएर अरुको देशमा पसिना बगाउनु भन्दा यही केही संघर्ष गर्दा हुन्छ कि भनेर हो’ उनले मासिक १ लाख २५ हजारको दुध ब्रिकी गर्दा त्यसको खर्च ६० प्रतिशत भन्दा माथि हुने बताउछन् ।

‘लागतको हिसाब गर्ने र बजारको दाना चोकरको मात्रै भर पर्ने हो भने यो पेशामा हातै हाल्नु पर्दैन,तर मैले त दाना, चोकर आफै बनाउछु, गहुँ, मकै,कनिका,भटमास, पिना मिलाएर आफैले दाना बनाएर खुवाँउछु, १ बिगाहामा व्यवसायीक रुपमा घाँस खेती पनि गरेको छु’ उनले भने ‘बजारको दाना चोकरको भर पर्ने हो भने त ३० प्रतिशत पनि फाईदा हुदैन््’ पशुपालक कृषकहरुले बजारमा पाईने मंह्रगो दाना, चोकर र परालको मात्रै भर पर्दा दुधमा उत्पादन लागत बढ्ने भएकाले आफैले उत्पादन गरेको धान, मकै, गहुँ, पिना मिलाएर दाना बनाउने र पराल भन्दा पनि व्यवसायीक घाँस खेतीमा जोड दिए उत्पादन बढ्ने र दुधको उचित मुल्य समेत पाईने अर्यालको सुझाव छ ।

‘सामान्य घरेलु उपायहरु अपनाएर पशुपालन गर्दा घाटा छैन्, पशु बिमाले पनि धेरै रिकभर गर्छ, अलिकति समस्या भनेको गाईमा बाँझोपन, थुनिलोको छ’ उनले भने ।

अर्याले जस्तै जितपुरसीमरा वडा नं १५ भवानीपुरका सुर्यप्रसाद लम्सालले २५ वर्षदेखि पशुपालन र दुध बिक्री गर्दै आएका छन् । उनले गाई, भैसीको मिलाएर दैनिक २० लिटर सम्म दुध प्रतिलिटर ७० रुपयाँमा बिक्री गर्दछन् । लम्साल पशुपालनमा किसानहरु आफै अलि बढी चलाख हुनुपर्ने बताउछन् । ‘पशुपालक कृषकहरु बढी दानै चाहियो, चोकरै चाहियो भन्नुहुन्छ, चोकरमा त्यस्तो केही छैन् म खुवादिन तैपनि वस्तुको दुध घटेको छैन्’ उनले भने ‘हामी २०/२२ रुपयाँ किलोमा मकै, धान बेच्छौ अनि ४० रुपयाँ किलोमा ढुटो किन्छौ, म त्यहि मकैको पिठो र १ बोरा धान पिनाएर त्यसैलाई दाना बनाउछु अनि सख्खर मिलाएर खुवाउछु दुध जे का त्यहि आँउछ,जग्गा हुण्डामा लिएर व्यवसायीक घाँस खेति पनि गरेको छुु’ । अधिकाशं पशुपालक कृषकहरु बजारमा दाना, चोकर, ढुटो,पराल, पशुको औषधी उपचारका मंह्रगो भएको तर दुधको चित्तबुझ्दो मुल्य नपाएको गुनासो गर्दै आएका छन् ।

सरकारले प्रतिलिटर दुधको मुंल्यको ५६ रुपयाँ ५६ पैसा तोकेको छ तर किसानले उत्पादन गरेको दुध उपभोक्ताको भान्छासम्म पुग्दा प्रतिलिटर ९० देखि सय रुपयाँ सम्म पर्ने गर्दछ ।

जितपुरसीमरा १४ कि शान्ता जमरकट्टेल उन्नत जातको २ वटा गाईको दुध बेचेर मासिक ५० हजार सम्म आम्दानी गरेको बताउछिन् । ‘गाईको दुध हो पातलो हुन्छ प्रतिलिटर ५५ देखि ५७ रुपयाँसम्म परेको छ मासिक ५० हजार आम्दानी हुदाँ गाईको खुराकी र घर खर्च मजाले धानेको छु, म सन्तुष्ट्रि नै छु’ जमरकट्टेलले भनिन् ‘व्यवसायीक रुपमा पशुपालन गर्न सके किसानलाई धेरै मर्का छैन्’ ।
किसानहरुले ४० रुपयाँ किलोमा ढुटो, ५० रुपयाँ किलोको चोकर र ५५ रुपयाँ किलोमा दाना खरिद गर्दै आएका छन् । बजारको दाना, चोकर, परालमा मात्रै आश्रित हुदाँ दुधको उत्पादन र गुणस्तर दुवै घट्ने र लागत अधिक हुने जमरकट्टेलको भनाई छ ।

पछिल्लो समय सहकारीहरुले गाई भैसी खरिद गर्न ऋण दिने, पशुबिमा, निशुल्क घाँसको बिउ वितरण लगायतका कार्यक्रमहरुले केही सहुलियत भएको उनिहरुको भनाई छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बारा ईकाइका प्रमुख डा. हेमचन्द्र जैशवाल किसानले आफैले उत्पादन गरेका स्रामगी पशुलाई खुवाउदाँ दुध उत्पादन लागत कम पर्ने बताउछन् । ‘हामीकहाँ घाँस खेती गर्ने कृषकहरु कम छन् पराल खुवाएर उत्पादन लिने प्रयास गर्छौ भने दुध उत्पादन हुदैन्’ प्रमुख जैशवालले भने ।

स्थानिय तहले किसानमैत्री कार्यक्रम ल्याउनुपर्यो : अध्यक्ष न्यौपाने

डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष टिकाराम न्यौपानेले स्थानिय तहले किसानको उत्पादन लागत घटाउ स्थानिय श्रोतको उपयोग सम्वन्धि कार्यक्रम बनाउन नसकेको बताएका छन् ।

‘स्थानिय तहले घाँसको बिउ २ किलो दिन्छ हामी वार्षिक रुपमा २२ लाखको घाँसको बिउ किन्छौ,घाँस लगाउ जग्गाको हुण्डा म तिरिदिन्छु भन्न सरकार तयार हुनुपर्यो’ डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष न्यौपानेले भने ‘डेरीले रोजगारी सिर्जना गरेको छ, संस्थाको सञ्चालन खर्च छ, सिस्टममा आएको नाफा पनि हामीले दिएका छौ, किसानले जति दुध उत्पादन गरेपनि सरकारले हामी व्यवस्थापन गछौ मात्रै भन्यो भने यहाँ बजारको माग भन्दा धेरै दुधको उत्पादन हुन्छ’ डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था बारा जिल्लामै सबैभन्दा धेरै दुध उत्पादन गर्ने सहकारी हो । संस्थाले दैनिक करिव ११ हजार लिटर दुध संकलन तथा बजारीकरण गर्ने गर्दछ भने मासिक करिव १ करोड किसानको दुधको भुक्तानी दिने गर्दछ ।

< ‘हामीसँग दैनिक २० हजार लिटर दुध बेच्सक्ने क्षमता भएपनि अहिले बजारमा दुध अभाव छ’ अध्यक्ष न्यौपानेले भने । संस्थामा २ हजार ५३७ दुध उत्पादक कृषकहरु आवद्व छन् । संस्थाले बाराको अम्लेखगञ्ज देखि वीरगञ्ज कलैयासम्म दुधको बजारीकरण गर्ने गरेको छ ।

सम्बन्धित पोस्ट
  • राष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री सँग ओलीको छलफल
  • अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली
  • नागरिकतालगायत जनसरोकार जोडिएका विधेयक संसदमा लैजाने दलहरूबीच समझदारी
  • टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प : ९० जनाको मृत्यु भएको विवरण, संकटकाल घोषणा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    राष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री सँग ओलीको छलफल

    नागरिकतालगायत जनसरोकार जोडिएका विधेयक संसदमा लैजाने दलहरूबीच समझदारी

    टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प : ९० जनाको मृत्यु भएको विवरण, संकटकाल घोषणा

    मन्त्री पद गएको हप्ता दिन पुग्न लाग्दासमेत रविले मन्त्री क्वार्टर छाडेनन्

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म, यस्तो छ परीक्षा तालिका

    रवि लामिछानेले आज नागरिकता लिने

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    हरिबोधिनी एकादशी, तुलसी विवाह गरी मनाईदै

    टुडे दैनिक

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    यमपञ्चक को साइत सार्वजनिक, भाइटीका कात्तिक १० गते बिहान ११:३७ बजे

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑