• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Mon, 20, Mar, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

३७५६३ पाठक संख्या

टुडे दैनिक संवाददाताNovember 10, 2022 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बारा, कार्तिक २४/ आस्रन प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा बारा निर्वाचनमा क्षेत्र नं ३ (क) मा राजतीनिक दल भित्र र बाहिरका गरेर १४ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

पार्टीवाट टिकट नपाएकाहरु स्वतन्त्र भएको दावी सहित र ठुला–साना दलका प्रतिनिधि गरेर १४ जना प्रतिस्पर्धामा छन् । जसमध्ये मुख्य प्रतिस्पर्धामा भने ३ ठुला दलका उम्मेदवारहरु भरत खड्का, मुकेश साह र रविन्द्रदास श्रेष्ठ देखिन्छन् ।

३ (क) मा प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट मुकेश साह जनता समाजवादी (जसपा)का भरत खड्का, एमाले उम्मेदवार रविन्द्रदास श्रेष्ठ प्रतिस्पधामा छन् । साथै एमाले, जसपा र एकिकृत समाजवादीमा बसेर राजनीति गरेकाहरु पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदारी दिएर मतदाताको घरदैलोमा पुगेका छन् ।

एमालेका पुराना नेता तथा पूर्व गाविस अध्यक्ष क्षेत्रिले एमाले पार्टी परित्याग गरेको घोषणा सहित स्वतन्त्र उम्मेदवारी दिएका छन् भने जसपाका कलैया उपमहानगर अध्यक्ष पटेल र नेकपा एकिकृत समाजवादी प्रदेश कमिटी सदस्य धुव्र यादवले नेकपा एस छोडेर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

लौरो बोकेर मतदाताको घरदैलोमा पुगेका जसपा नगर अध्यक्ष शिवनाथ पटेलले पुराना नेताहरु सधै आफुमात्रै रमाउने प्रवृतिका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । ‘जसरी काठमाडौ र धरानमा स्वतन्त्र उम्मेदवारले जितेपछि परिवर्तन भयो त्यसरी नै यो समाजको परिवर्तनका लागि मेरो स्वतन्त्र उम्मेदवारी हो’ उनले भने ‘३३ वर्षदेखि म एमाले र जसपा भित्र बसेर राजनीति गरेको हुँ तर आज यि पार्टीहरुबाट देशको विकास नहुने देखिएको छ,जनता अव पार्टी भन्दा माथि उठेर स्वतन्त्रलाई जिताउने अभियानमा लागेका छन्’ । बारा ३ (क) मा जसपाले भरत खड्कालाई उम्मेदवार बनाएको छ पटेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

एमालेबाट प्रदेशसभा सदस्यको दावी गरेका पूर्व गाविस अध्यक्ष नारायण क्षेत्रिले भष्ट्रचारको विरुद्व अभियान चलाउन आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । ‘पार्टीहरु सरकार चलाउन असक्षम देखिए, मुलुकमा भष्ट्रचार नियन्त्रण गर्न शुसासन कायम गर्न हाम्रो उम्मेदवारी हो’ क्षेत्रिले भने ‘दलहरुले सत्ताको लागि मात्रै राजनीतिलाई व्यवसाय बनाईरहेका छन्, राजनीति भनेको जनताको सेवाका लागि गर्ने पुण्यको काम हो, गरिव विपन्नहरुलाई राज्य सत्तामा पहुँच पुर्याउन पार्टीले अवसर नदिएपछि स्वतन्त्र उम्मेदवारी दिन हामी बाध्य भएका हौ’

एमाले नेता क्षेत्रिले स्वतन्त्र उम्मेदवारी दिएपछि विज्ञप्ती निकाले पार्टी परित्याग गरेको घोषणा गरेका थिए । एकवर्षअघि एमाले विभाजन हुदाँ नेकपा एकिकृत समाजवादीमा लागेका नेकपा एसमा प्रदेश कमिटी सदस्य रहेका धुव्र यादवले सोही प्रदेशमा स्वतन्त्र उम्मेदवार छन् ।

सत्ता गठबन्धनको तर्फबाट ३ (क) मा माओवादीका मुकेश साहले टिकट पाएपछि यादवले पार्टी छोडेको घोषणा गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । झुटा आवश्वस बाँड्न हिडेका दलहरुको विरुद्धमा र जनताको हितमा काम गर्न आफुले उम्मेदवारी दिएको यादवले दावी गरेका छन् । पार्टीभित्र विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका पटेल, क्षेत्रि र कुशहवाले आस्रन निर्वाचनमा आफु निर्वाचित हुनभन्दा पनि आफ्नो पकेट क्षेत्रको मत बिभाजन गरेर विरोधी उम्मेदवारलाई हराउने उद्देश्यले उम्मेदवारी दिएको दलका प्रतिनिधिहरुले आरोप लगाएका छन् ।

अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ: उम्मेदवार खड्का

जनता समाजवादी पार्टी (जसपा) का बारा ३ (क) प्रदेशसभा सदस्यका उम्मेदवार भरत खड्काले अन्य दलहरुबीच दोस्रो को हुने भन्ने होडबाझी रहेको टिप्पणी गरेका छन् ।

‘म जे बोल्छु त्यही गर्छु अहिलेसम्मको स्थित हाम्रो पक्षमा अत्यन्तै बलियो र सकरात्मक अवस्था छ, हामीसँग प्रतिस्पर्धा गर्ने दल नै मैले देख्दिन बरु सेकेन्ड को हुने भन्ने विषयमा उहाँहरु बीचमा होडबाझी छ’ उम्मेदवार खड्काले भने ‘उहाँबिचमा प्रतिस्पर्धा राम्रो देखिन्छ हामीसँग कसैको प्रतिस्पर्धा छैन्’ । २०७४ मा माओवादी केन्द्रकी उम्मेदवार ज्वालकुमारी साह सँग चुनावी प्रतिस्पर्धामा उत्रिएका खड्का यसपटक माओवादीका रविन्द्रदास श्रेष्ठसँग प्रतिस्पर्धामा छन् ।
खड्का २०७४ मा नेकपा एमालेबाट प्रदेशसभा सदस्यका उम्मेदवार थिए । जितपुरसीमरा उपमहानगरको ८ वटा वडा र कलैया उपमहानगरको १० वटा वडा यहि निर्वाचन क्षेत्रमा पर्दछ । बारा–३ मा जसपाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामबाबु यादवले पछिल्लो समय उत्तरी भेगमा गरेको लगानी र केही सकरात्मक कामको प्रतिफल खड्काका लागि सकरात्मक देखिएको छ ।

आम नागरिकका समस्या समाधान गर्न मेरो उम्मेदवारी हो : साह

सत्ता गठबन्धनका उम्मेदवार मुकेश साहले कृषि, शिक्षा, स्वास्थ्य, कलकारखानामा कार्यरत मजदुरका समस्या समाधान गर्न आफुले उम्मेदवारी दिएको बताएका छन् । ‘जनताले जे सोचका छन्, जनताका आवश्यकता नै हाम्रो चुनावी एजेण्डा हो, यहाँ मुख्यतया राजमार्गसँग जोड्ने भित्री सडकहरुको समस्या, स्वास्थ्य, कलकारखानामा कार्यरत मजदुरको समस्या, किसानलाई मल र सिंचाईको समस्या छ हामी यि सबै समस्या समाधान गर्न प्रतिवद्व छौ’ उम्मेदवार साहले भने ‘युवा प्रति जनताको आक्र्रषण र जनताको भरोसाको कारण नै मेरो जित निश्चित छ’ सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका साह २०७४ को निर्वाचनमा कलैया उपमहानगर नगरप्रमुखमा उम्मेदार थिए । यसपटक सत्ता गठबन्धन ईमानदार भए निर्वाचन सजिलै जित्ने सकिने बताउछन् ।

हामी सबै सहयात्री हौ, कसैसँग मेरो प्रतिष्पर्धा छैन्: उम्मेदवार श्रेष्ठ

नेकपा एमाले उम्मेदवार रविन्द्रदास श्रेष्ठले आफ्नो प्रतिस्पर्धी कोही नभएको चुनावमा सबै सहयात्री भएको बताएका छन् । ‘मेरो चुनाव जित्ने आधार भनेको जनता नै हो, जनताको बिचमा बसेर काम गरेको छु बिगतमा उहाँहरुले चुनेर मलाई कलैया नगरपालिकाको मेयर बनाउनु भयो यसपटक प्रदेश सभा सदस्य बनाउनुहुन्छ भन्न्े विश्वासमा छु’ श्रेष्ठले भने ‘स्वच्छ चुनावी प्रतिस्पर्धामा जनताले कस्लाई माया गर्नुहुन्छ उहाँहरुको हातमा छ’ एमाले उम्मेदवार साह २०५४ सालमा तत्कालिन कलैया नगरपालिकाको नगरप्रमुख भएका थिए ।

सम्बन्धित पोस्ट
  • रासायनिक मलमा दिँदै आएको अनुदान यथावत
  • दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन
  • ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै
  • सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    रासायनिक मलमा दिँदै आएको अनुदान यथावत

    ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै

    राष्ट्रपतिको चुनावपछि मात्र प्रधानमन्त्रीले विश्वासको मत लिने

    एमालेका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

    संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

    अभिनेता पल शाह अब केहिबेरमा रिहा हुँदै

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    हरिबोधिनी एकादशी, तुलसी विवाह गरी मनाईदै

    टुडे दैनिक

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    यमपञ्चक को साइत सार्वजनिक, भाइटीका कात्तिक १० गते बिहान ११:३७ बजे

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑