बि.पी.भट्ट सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित सञ्चालनमा रहेको घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारण सभा तथा अधिवेशनबाट निर्विरोध निर्वाचित भएका कार्यसमिति पदाधिकारीहरुले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीहरु लाई शनिवार निर्वाचन अधिकृत डम्बर खड्काले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।
घण्टीमाई साकोसको सभाहलमा सम्पन्न भएको उक्त सपथ ग्रहण कार्यक्रमको उद्घाटन बारा क्षेत्र नं ४का प्रतिनिधि सभासदस्य एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किशान)ले गर्नुभएको थियो । प्रमुख अतिथी श्रेष्ठले बैंकको पहुँचमा पुग्न नसक्ने किसान,मजदुरहरुको हकहितमा काम गरेकोले सहकारीलाई अझैं समुदाय मुखी बनाएर लैजानु पर्ने बताए ।
कतिपय ठाँउमा जनप्रतिनिधीले सहकारीको पैसा हिनामिना गरी फरार भएको समाचार आई रहेको अवस्थामा बारामा त्यस्तो कुनैपनि समस्या नदेखिएकोले बारामा सहकारी सुरक्षित रहेको श्रेष्ठले बताए । न्युन बर्गिय परिवारका ब्यक्तिहरुले बचत तथा सेयर हालेर सहकारीलाई बैंकभन्दा माथी पुराएकोले कसैले पनि सहकारीको गलत प्रयोग गर्न नहुने बताए ।
कार्यक्रममा मधेश प्रदेशका पूर्व सांसद सुन्दर बहादुर विश्वकर्मा, जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व उपप्रमुख सरस्वती देवी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिका सहकारी विभाग प्रमुख सुधन चौधरी लगायतले नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
निर्वाचित कार्यसमितिको अध्यक्ष कोपिला सिम्खडा, उपाध्यक्षमा भुवप्रसाद ढकाल, सचिवमा क्रिलोक वित्रम शाह, सहसचिव सुकदेव सिंखडा, कोषाध्यक्षमा कमल पौडेल, सदस्यहरुमा तोयनाथ लुइटेल, माधवप्रसाद सापकोटा, रुद्रप्रसाद खतिवडा, प्रेमकुमारी ढकाल, सुशिला खनाल अधिकारी, सुधा ओली, पुनम कुमारी चौधरी र निल सिग्देल खड्का निर्विरोध निर्वाचित हुनुभएको थियो ।
यसैगरी लेखा सुपरीवेक्षण समितिका संयोजकमा नवराज न्यौपाने, सदस्यहरुमा सविता तिवारी र जानुका भण्डारी निर्वाचित हुनु भएको थियो । संस्थाले करिब ३५ करोड बराबरको कारोवार गरी राखेको संस्थाकी नवनिर्वाचित अध्यक्ष कोपिला सिम्खडाले बताईन् ।
आर्थिक मन्दी तथा तरलता बाट सहकारीलाई बचाएर घण्टीमाई साकोसलाई अगाडी बढाउनु आफ्नो प्रथामिकता अध्यक्ष सिम्खडाले प्रतिक्रिया दिईन् । कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधी, घण्टीमाई साकोसका सेयर सदस्य तथा कर्मचारीहरु,बिभिन्न मिडियाका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८