बि.पी.भट्ट,काठमाण्डौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री ज्वाला कुमारी साहले बारा र पर्सा सहित देशको बिभिन्न जिल्लाहरुमा ३५ वटा जोन थप गर्ने निर्णय गर्नु भएको छ । मन्त्री साहको अध्यक्षतामा बसेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना निर्देशक समितिको बैठकबाट उक्त निर्णय भएको हो ।
मन्त्री साहले ६ वटा जोनलाई ५ वटा सुपरजोनमा स्तरोन्नती गर्ने निर्णय समेत गर्नु भएको छ । यो सँगै अब सर्लाहीको मकै जोन सुपरजोन भएको छ भने चितवनको केरा जोन सुपरजोन भएको छ । बारालाई केरा र तरकारी,पर्सालाई माछा,दाङलाई बाख्रा, पाँचथर र सल्यानलाई सुन्तला, इलामलाई अचैंली खेती गरी अन्य जिल्लाहरु समेतलाई फरक फरक सिर्षकमा जोन घोषण गरिएको छ ।
मन्त्री साह समक्ष परियोजनाको परियोजना कार्यान्वयन म्यानुअल २०७७ मा व्यवस्था भए अनुसार सम्वन्धित प्राविधिक समिति, जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समिति तथा प्रदेश परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको निर्णय अनुसार ६५ वटा जोनहरु विकास गर्नका लागि सिफारिस भै आएको थियो।
परियोजनामा गठित अध्ययन तथा छनोट समितिको सिफारिस अनुसार परियोजना व्यवस्थापन एकाईको राय समेतका आधारमा मिति २०८०/१२/१३ गते वसेको परियोजना कार्यान्वयन समितिको वैठकले तपशील वमोजिमका ३५ वटा जोनहरु विकास गर्न परियोजना निर्देशक समिति समक्ष सिफारिस गर्ने भनि निर्णय गरिएको थियो ।
मन्त्री साहको अध्यक्षतामा बसेको बैठकले परियोजना कार्यान्वयन समितिको सिफारिस अनुसार परियोजनाको लक्ष्य र उद्देश्य अनुसार परियोजना कार्यान्वयन म्यानुअल २०७७ मा भएको व्यवस्था वमोजिम तपशीलका जोनहरुलाई सुपरजोनमा स्तरोन्नती गर्ने निर्णय गरेको थियो । जोनमा रहेका कृषकहरुले आफ्नो परम्परागत शैलीको कृषिलाई आधुनिक र प्रबिधीमैत्री बनाउन समेत सुझाव दिनु भएको छ ।
सरकारले किसानहरु लाई दिदैं आएको सेवा सुबिधा बास्तबिक किसान सम्म नपुगेको गुनासो आउने गरेकोले सरकार बिचौलीहरुको अन्त्य गर्ने मेकानिजम तयारीमा लागेको मन्त्री ज्वाला कुमारी साहले बताउनु भयो ।
मन्त्री ज्वाला कुमारी साहले देशमा रहेका जोनहरु मध्य ५ वटालाई सुपरजोन गर्नु भएको ५ वटा सुपरजोनहरु तपसिल छन्:-
१. भोजपुर अलैची जोन र संखुवासभा अलैची जोन – अलैची सुपरजोन
२. मोरंग धान जोन – धान सुपरजोन
३. सर्लाही मकै जोन – मकै सुपरजोन
४. चितवन केरा जोन – केरा सुपरजोनस
५. नवलपरासी वर्दघाट सुस्ता पुर्व तरकारी जोन – तरकारी सुपरजोन
मन्त्री ज्वाला कुमारी साहले देशको बिभिन्न जिल्लाहरुमा थप गर्नु भएको ३५ वटा जोनहरु तपसिल छन् :-
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८