शारदा पोखरेल, बारा
नेपालका वालिकाको जनसंख्या घट्दै जानु चिन्ताजनक भएको सरोकारवाला निकायहरुले जनाएका छन् । दलित महिला केन्द्रले निजगढमा आयोजना गरेको एक कार्यक्रममा महिला अधिकारकर्मीहरुले पछिल्लो समय वालकको तुलनामा वालिकाको संख्या ह्रवाक्तै घट्दै जानु चिन्ताजनक भएको बताएका हुन् । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा पनि वालकको तुलनामा वालिकाको संख्या ५ प्रतिशतले घटेको देखाएको छ । महिला अधिकारकर्मी सरु जोशीले महिला र वालिका माथि हुने विभेद भन्ने सबैलाई जानकारी भएपनि प्रमाणित गर्नका लागि तथ्याकंहरु केलाउनु पर्ने टिप्पणी गरिन् । यसअघि २०६८ सालको जनगणनाले १२ वटा जिल्लामा छोरीहरुको जनसंख्या कम भएको देखाएको थियो । २०७८ को जनगणनाको तथ्याकंले ५० वर्षमाथिको महिलाहरुको जनसंख्या बढेको तर १ देखि १८ वर्ष उमेर समुहका वालिकाहरुको जनसंख्या ५ प्रतिशतले घट्नु चिन्ताको विषय हो, यो संख्या भनेको लाखौमा हुन्छ, मधेश प्रदेशमा महिलाको जनसंख्या पनि अन्य प्रदेशको तुलनामा १ प्रतिशतले कम छ’ महिला अधिकारकर्मी तथा नेपाल सरकारको पूर्व उपसचिव सरु जोशीले भनिन् ‘वालिकाको जनसंख्या घट्नुको मुख्य कारण भु्रण हत्या हो र दुखंको कारण के हो भने वालिका वा छोरी मार्नका लागि कुनै आतंककारी चाहिदैन् आफ्नै आमाबुवा द्धारा मारिएका छन्’ महिला वालवालिकाको हितमा स्थानिय तहले योजनाहरु बनाउदा तथ्याकंमा आधारित रहेर बनाउनुपर्ने जोशीको सुझाव छ ।
२०६८ को तुलनामा ७८ को जनगणनामा वालिका संख्या ५ प्रतिशत घट्नु यो तथ्याकं अगामी जनगणनासम्म अझै घट्दै गएमा नेपालमा पनि भविष्यमा पुरुषको तुलनामा महिलाको संख्या कम हुने र यस्ले जनसंख्यामा उतावचढाव ल्याउने जोशीको भनाई छ । मधेश प्रदेश सरकारले भने पछिल्लो समय छोरीहरुलाई प्रोत्साहन गर्न १ लाखको छोरी बिमा कार्यक्रम ल्याएको छ ।
सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र र लै¨िक अध्ययन विषय अध्यापन गराउदै आउनु भएकी डा. निति अर्याल खनालले पनि नेपालमा लि¨ं पहिचानको आधारमा भु्रण हत्या गर्नु गै्रह कानुनी भएपनि यो नरोकिएको बताईन् ।
‘नेपालमा महिलाहरुलाई १२ हप्ता भन्दा मुनिको गर्भ पतन गर्न कानुनी अधिकार छ तर लि¨ पहिचान गरेर गर्न मिल्दैन,कानुनी रुपले बन्देज लगाउदा लगाउदै पनि नेपालमा वलिकाको संख्या घट्नुको मुख्य कारण भु्रण हत्या नै हो र यस्मा गहिरो अध्ययन अनुसन्धान हुनु जरुरी छ’ विश्वविद्यालयकी प्रध्यापक खनालले भनिन् ‘यस्मा अर्को एउटा कारण भनेको बिवाह गर्ने उमेर समुह बढिरहेको छ भने महिलाहरुले पाउने वच्चाको संख्या पनि घटेको छ, घरपरिवार सम्हाल्नुको साथसाथै जागिरे गर्ने क्रममा महिलाहरु पछिल्लो समय एउटा वच्चामा गएका कारण पनि वालिकाको संख्या घट्दै गएको छ ।’
दलित महिला केन्द्रले आयोजना गरेको मंगवालर आयोजित सो कार्यक्रममा महिला तथा वालवालिका विरुद्ध हुने हिंसामा पुरुषहरुससँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा अन्तरिक्रया भएको थियो । महिला तथा वालवालिका विरुद्ध हुने हिंसा कम न्यूनीकरण गर्न भएका यस्ता कार्यक्रमहरुले महिलाहरुमा सचेतना जगाउने,महिलाहरुको सशक्तीकरण गर्न बढी केन्द्रित भएको खनालको भनाई छ ।
‘समाजमा आधा हिस्सा ओगटेको पुरुषहरु त्यो पनि विभिन्न क्षेत्रमा, पेशामा काम गरिहरेका पुरुषहरुसँग काम गरिरहेका पुरुषहरुसँग सहकार्य गर्यौ भने महिला तथा वालवालिका विरुद्ध हुने हिंसालाई न्युनिकरण गर्न सकिन्छ भन्ने विश्वासले यो कार्यक्रमको आयोजना गरिएको हो’ खनालले भनिन् ।
विश्वविद्यालयमा अध्यापन गराउदै आउनु भएकी खनालले आफ्नो ज्ञान कक्षाकोठामा मात्रै सिमित गर्नुभन्दा समुदाय स्तरमा पुग्नुपर्ने बताउछिन् । कार्यक्रममा विभिन्न पेशासँग जोडिएका सामान्य साक्षरदेखि उच्च शिक्षा हासिल गरेकाहरु शिक्षक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि,हिन्दु धर्मालम्बीहरु पण्डित लगायतका सबैखाले उमेर समुहका सहभागीहरु रहेका थिए ।
सो कार्यक्रम संयोजक सञ्चिता मर्हजनले एकदिनको छोटो समयमा फरक फरक पेशामा आवद्ध भएका व्यक्तीहरुलाई एउटै फोरममा जम्मा गरेर कार्यक्रम हुनु चुनौतीपुर्ण भएपनि कार्यक्रममा सहभागीहरुले अन्तमा म मेरो परिवारमा के परिवर्तन ल्याउन सक्छु,समुदायका लागि म के गर्न सक्छु र आफु आवद्ध रहेको संस्थामा के गर्न सक्छु भनेर प्रतिवद्धता समेत जनाएका बताईन् । ‘हामीले परिवर्तनका कुरा गरिरहदाँ अरु तर्फ बढी औला ठड्याउछौ अरुले के गर्नुपर्छ भन्ने कुरा तिर हाम्रो बहस हुन्छ तर, हामी बसेको समुदायमा बाहिरबाट आएका मान्छेबाट परिवर्तन हुने होईन, परिवर्तन हामी आफैबाट गर्ने हो’ कार्यक्रम संयोजक महर्जनले भनिन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८