बारा,कार्तिक १४/ जितपुरसीमरा उपमहानगर वडा नं ८ का वडाध्यक्ष शिवशंकर महतो विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
निर्वाचन आँचारसहिता विपरित बहालवाला जनप्रतिनिधि भएर एमालेको चुनावी सभामा सहभागी भएर विपक्षी उम्मेदवार विरुद्ध अपमानजनक शब्द प्रयोग गरेको भन्दै उनिविरुद्ध आयोगमा उजुरी परेको छ । वडाध्यक्ष महतोले स्वर्गीय काग्रेस नेता कृष्णप्रसाद भट्टराईको उदाहरण दिदै मन्त्रीको लालचमा श्रेष्ठले एमाले पार्टी परित्याग गरेको भन्दै गम्भिर आरोप लगाएका छन् ।
५ दलिय सत्ता गठबन्धनको तर्फबाट बारा ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार किसान श्रेष्ठले डेढ साताअघि प्राईम टेलिभिजनको कार्यक्रममा ‘मंसिर ४ महासग्राम’मा ईच्छाबहादुर वाग्ललेले भाडामा ल्याएकाहरुलाई व्यक्तिहरुलाई ‘भाडाका टट्टु’ भन्ने शब्द प्रयोग गरेकोमा वडाध्यक्ष महतोले गलत प्रचारबाझी गर्दै मतदाता भड्काउने काम गरेका थिए ।
वडाध्यक्ष महतो विरुद्ध निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय बारा र जितपुर सीमरा उपमहानगर स्थित बारा ४ को क्षेत्रिय निर्वाचन कार्यालयमा उनिबिरुद्ध कारवाहीको माग सहित उजुरी दर्ता भएको छ ।
https://m.facebook.com/story.php?story_fbid=1082370892471027&id=100020943798333
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८