बारा । बाराको सिमरामा रहेको अक्षरा पाठशालाको आफ्नो सातौ बार्षिकोत्सव आज भव्यताका साथ मनाएको छ । आज आयोजित बार्षिक उत्सवको कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले शिक्षा सुधार अभियानमा जोडिन सबैलाई आग्रह गरेका छन् । बिद्यालय स्तरमा बैज्ञानिक ढंगको शिक्षा आवश्यक रहेको भन्दै नगरप्रमुख पौडेलले आफ्नो बालबालिकाको शिक्षामा विशेष ध्यान दिन अभिभावकलाई आग्रह गरेका छन् ।
कार्यक्रममा एन प्याबसनका केन्द्रिय सदस्य राम प्रसाद अधिकारी, सिमरा कलेजका प्रमुख शालिकराम अधिकारी, सिमरा पब्लिक स्कुलका पिन्सिपल बसन्त ढकाल, ब्राईटर एकेडेमीका पिन्सिपल राजु कार्की लगायतको जीतपुर सिमराका निजी विद्यालयका पिसिन्पलहरुको सहभागिता रहेको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक ऋषि काफ्लेले गरेका हुन् भने कार्यक्रममा बिद्यार्थी तथा शिक्षकहरुले आफ्नो नृत्यसमेत प्रस्तुत गरेका थिए । बिभिन्न भेषभुषमा सजिएका बिद्यार्थिहरुले मौलिक नृत्य प्रस्तुत गरेका थिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८