• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Mon, 23, May, 2022
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / अन्तर्राष्ट्रिय

रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

टुडे दैनिक संवाददाताFebruary 27, 2022 मा प्रकाशित (२ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

फागुन १५ । रुसले युक्रेनमा आक्रमण गरेपछि यतिबेला विश्व बजारमा तेल, सुनचाँदी लगायतको मूल्य उकालो लाग्न थालेको छ ।

नेपालको समेत आयातकर्ता यी देशबीच बढ्दो द्धन्द्धका कारण खाने तेलदेखि सुनचाँदी, कस्मेटिक्स लगायतका सामग्रीको मूल्य उकालो लाग्ने देखिएको छ । रसिया र युक्रेनबाट नेपालमा तरकारी, गेडागुडीदेखि पेट्रोलियम पदार्थ, दैनिक भान्सामा प्रयोग हुने तेल, श्रृंगार प्रशाधनका सामग्री तथा गरगहना आयात हुँदै आएको छ ।

भटमासको तेल र सनफ्लावर तेलको ९० प्रतिशत कच्चा पदार्थ रसिया युक्रेन लगायत देशबाट आयात हुँदै आएको छ । यिनै देशमा विवाद चर्किँदा नेपाल आयात हुन बाँकी कयौं सामान उतै रोकिएको व्यवसायीहरु बताउँछन् । नेपालबाट रसिया र युक्रेनमा चिया, कफी, गलैंचा लगायतका वस्तु निर्यात हुन्छन् ।

यी देशमा द्धन्द्ध चर्किँदा पनि निर्यात त्यति प्रभावित नहुने जानकारहरु बताउँछन् । विश्व बजारमा प्राकृतिक ग्यास, कच्चा तेल १ महिनाकै अवधीमा १ सय १ डलर प्रतिब्यारेलले वृद्धि भएको छ । यी देशहरुबिच चर्किएको द्धन्द्धले विश्वबजारमा मूल्यवृद्धि हुने पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाको तर्कछ ।

यी देशबीच द्धन्द्ध बढ्दा स्थानिय बजारमा खाने तेल, सुनचाँदीको मूल्य उकालो लाग्न थालेको छ । खाद्याजन्य वस्तुको आयात हुने यी देशमा आयात अन्य देशमा पर्दा त्यसको त्यसको प्रभाव मूल्यमा पर्छ ।तर यसलाई खाद्यान्नजन्य वस्तुको आयात कम गर्ने मौकाका रुपमा उपयोग गर्न सकिने ओझाको दृष्टिकोण छ ।

युक्रेनबाट नेपालमा माघ मसान्तसम्मा १५ करोड १३ लाखको केराउ आयात हुँदा १ करोड १९ लाखको थप गेडागुडी, ७९ करोड ४७ लाखको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको भन्सार विभागको तथ्याकं छ ।

यता रसियाबाट २ अर्ब ५८ करोडको सनफ्लावर तेलको कच्चा पदार्थ र युक्रेनबाट ९५ करोड १६ लाखको क्रुड सनफ्लावर तेल युुक्रेनबाट आयात भएको छ ।

सम्बन्धित पोस्ट
  • बालिका बलात्कार आरोपित पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
  • महिलाहिंसा बढ्दै गएपछि सुन्दरी प्रतियोगिताबन्द गर्न माग
  • धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी
  • मोरङमा खसेको भन्दा बढी मत भेटिएपछि विवाद, प्रहरीद्वारा अश्रुग्यास प्रहार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बालिका बलात्कार आरोपित पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    महिलाहिंसा बढ्दै गएपछि सुन्दरी प्रतियोगिताबन्द गर्न माग

    धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी

    मोरङमा खसेको भन्दा बढी मत भेटिएपछि विवाद, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने शिक्षा सचिवको दाबी

    स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बन्ने पक्का, एमाले दोस्रो स्थानमा

    नेपाल र भारतबीच सहयोग अभिवृद्धि सम्बन्धी ६ वटा समझदारीपत्रमा हस्ताक्षर

    बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनि आउदै , भ्रमणमा के–के छन् एजेन्डा

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    राजनीतिक दलहरू निर्वाचन केन्द्रित तयारीमा जुट्न थाले , विभिन्न रणनीति बनाउँदै

    Bhetayo App प्रयोग ले जिवन सरल वनाउदै ,App किन र कसरी प्रयोग गर्ने?

    टुडे दैनिक

    भारतीय प्रधानमन्त्री मोदी यही जेठ २ गते नेपाल भ्रमणमा आउने

    आज महाशिवरात्रि आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइदै

    नेपालमा कोरोना विरुद्ध खोप अभियान सुरु भएको १ वर्ष पूरा, ३ करोड डोज लगाइयो

    आज पौष शुक्ल पूर्णिमा श्री स्वस्थानी व्रत व्रत आरम्भ

    माघ १५ गतेसम्म विद्यालय बन्द,सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिक डट कमका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2022: टुडे दैनिक डट कम मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑