बारा / कुशल व्यवसाय परार्मश तालिम केन्द्रले चन्द्रपुर नगरपालिका वडा नं ४ सन्तपुरमा धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्मित मुसहर बस्तीका वालवालिका तथा सुत्केरी महिलाहरुलाई लत्ताकपडा वितरण गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तरगत सोमवार ९३ जना बालबालिका र ९७ जना महिला÷पुरुष, र ११ जना सुत्केरी महिला र नावालक वच्चाको लागि ३७८ थान नयाँ लत्ताकपडा वितरण गरेको हो ।
हिन्दु धर्मालम्बीहरुको महान् पर्व वडादशैको अवसरमा मुसहर वस्तीका गरिव, दलित तथा विपन्न समुदायका महिला तथा वालवालिकाहरु नयाँ कपडा लगाउनबाट वञ्चित नहुन् भन्ने उद्देश्यले संस्थाले सो कार्यक्रमको आयोजना गरेको जनाईएको छ । ‘दशै जस्तो महान् चाडमा सामाजिक तथा आर्थिक रुपले विपन्न परिवारको नयाँ कपडा लगाउने ईच्छा पुरा गरेर उहाँहरुको मुहारमा खुशीयाली देख्न पाँउदा हामी पनि दंग छौ’ कुशल व्यवसाय परार्मश तालिम केन्द्रका कार्यकारी निर्देशक सरोज कोईरालाले भने ।
धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्मित मुसहर बस्तीमा बस्दै आएकी अमृता माझीले पनि चाडवाडमा सबैले बिर्सिएको दलित,मुसहर बस्तीका परिवारलाई सम्झेर कुशल व्यवसाय परार्मशले कपडा वितरण गरिएको खुशी व्यक्त गरेकी थिईन् । ‘दशैको बेला हाम्रो यो दलित वस्तीमा अहिलेसम्म कसैले केही बाँडेको थिएन उहाँहरु आएर घरका सबैलाई नयाँ कपडा दिनुभयो असाध्यै खुशी लागेको छ’ सुन्तली माझीले भनिन् ।
सो कार्यक्रममा मुसहर बस्ती ब्यवस्थापन समितिका अध्यक्ष सन्तलाल माझीले ५१ घरपरिवारलाई नयाँ कपडा वितरण गरेका थिए । लत्ता कपडा वितरण कार्यक्रममा स्थानीय बुद्धिजीवी,कुशल ब्यवसाय परामर्श तालिम केन्द्रका कार्यकारी निर्देशक सरोज कोइराला, कार्यक्रम संयोजक अनिता घिमिरे, कार्यक्रम अधिकृत मिना लोहनी लगायतको उपस्थिती रहेको थियो । निजी क्षेत्रबाट १६ वर्षदेखि उधमशिलता र सिप विकाशको लागि तालिम तथा रोजगार प्रदायक सस्थाको रुपमा काम गर्दै कुशल परामर्श तालिम केन्द्रले विगतमा पनि सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
बिगतदेखि नै गरिव, विपन्न वालबालिकाको संरक्षण, वृद्ध आश्रम, मानव सेवाको संघ सस्थाहरुमा खाद्यान्न,लत्ताकपडा वितरण गर्दै आइरहेको संस्थाका अध्यक्ष कोईरालाले जनाएका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८