बारा, कार्तिक ३०/ आस्रन मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि बारा निर्वाचन क्षेत्र नं १ को (क) प्रदेश सभा सदस्यमा यसपटक सत्ता गठबन्धनका उम्मेदवार रमेश दङ्गाल बलियो देखिएका छन् ।
५ वर्षअघि प्रदेशसभा सदस्यमा निर्वाचन जितेर आफ्नो निर्वाचन क्षेत्रमा समेत माखो नमारेका एमाले उम्मेदवार त्रिलोकी चौधरीलाई यसपटक एमालेकै बागी उम्मेदवार एकबहादुर श्रेष्ठले नै पर्छार्ने निश्चित देखिएको छ ।
चौधरीको बिरुद्ध एमालेकै मधेस प्रदेश सदस्य श्रेष्ठ, जिल्ला सदस्य शिवनारायण चौधरी, जिल्ला सदस्य तथा पुर्व वडाअध्यक्ष मेष बहादुर ढकाल र स्वतन्त्रका देवराज घिमिरे लगायतको बागीले चुनौतीमा परेका हुन् । चौधरीकै बिरुद्ध पार्टीका प्रभावशाली नेताहरु स्वतन्त्र र अन्य पार्टीबाट उम्मेदवारी दिएपछि उनी संकटमा परेका छन् ।
पार्टीले क्षेत्र र भुगौल नमिलाई एकै स्थानबाट उम्मेदवार बनाएका कारण रुष्ट बनेका उत्तरी क्षेत्रबाट एक बहादुर श्रेष्ठ र दक्षिणी क्षेत्रबाट उम्मेदवार बनेका शिवनारायण चौधरीका पक्षमा देखिएपछि त्रिलोकीको लागि टाउको दुखाई बनेको छ । दुवैले राम्रो मत ल्याउने आंकलन गरिएको छ । यी दुई बाहेकका पनि अन्य दुई जिल्ला सदस्य तथा पुर्व वडाअध्यक्ष मेष बहादुर ठकाल र देवराज घिमिरे पनि एमाले पृष्ठभुमीका भएको भएको कारण चौधरी मतदाता फकाउन तिव्ररुपमा घरदैलो गरीरहेका छन ।
उनका प्रतिस्पर्धामा रहेका नेपाली काग्रेसका युवा नेता रमेश दङ्गाल अहिले घरदैलो र चुनावी अभियानमा छन । दङ्गालको पक्षमा अहिले जनमत राम्रो देखिएको छ । दङ्गालले आफुले आफनो क्षेत्र भरीनै घरदैलो अभियान सम्पन्न गरेको बताएका छन । घरदैलोमा क्षेत्रको युवा, महिला बृद्व लगायत सबै स्थानीयले समर्थन गर्दै स्वागत र माया पाएको उनले बताए ।
पटक पटक निर्वाचनमा जितेपनि र भिजन तथा योजना नभएका भन्दा युवाहरुको रोजाईमा परेका सफल ब्यबसायी दङ्गाल सामाजिक कार्यमा सक्रिय छन् । निर्वाचन भएपछि पुर्ण रुपमा जनताकै सेवामा लाग्ने दङ्गालले जनाएक छन् । लोकप्रिय उम्मेदवारका रुपमा प्रस्तुत भएका दङ्गालले अर्का उम्मेदवारको बिरोध भन्दा क्षेत्रको बिकास र समृदीको आफुसग एउटा भिजन भएकोले सो भिजन अन्र्तगत नेपाली काग्रेसका तर्फबाट सत्ता पाँच दलिय गठबन्धनका साझा उम्मेदवार दङ्गालका बागी उम्मेदबार नहुनु एउटा सफल पक्ष बनेको छ ।
प्रदेश सभाका उम्मेदवार बनेका दङ्गालका बिरुद्ध एमालेका त्रिलोकी चौधरी प्रतिस्पर्धामा छन । काग्रेस पृष्ठभुमि भएका राधा चौधरी र दामोदर पनुहर भएपनि काग्रेसमा विना बिवाद उम्मेदबार चयन भएको र काग्रेस एक भएर निर्वाचनमा गएकाले खासै मत तान्न सक्ने अबस्था नभएको दङ्गालको विश्वास छ ।
दङ्गालले स्थानीय मतदाताहरुलाई निर्वाचनमा जितेपछि युवा, मजदुर, किसान, महिला सबैको ढुकढुकी बनेर तपाईहरुले दिएको मत खेर नजाने गरी प्रभावकारी काम गरेर देखाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
विकासमा आएको रकममा कमिशन नखाने प्रतिबद्धता
मतदातासंगको भेटघाटका क्रममा दङ्गालले आफु बिजयी भए क्षेत्रको विकासमा आएको रकममा कमिशन नखाने समेत प्रतिबद्धता जनाएका छन । आफुले पैसा ब्यापारबाटै पुग्ने कमाएको भएपनि गाँउ र क्षेत्रको बिकास अब युवाले गर्नुपर्ने बताए ।
राजनितिमा पैसा कमाउन नआएको बताउदै भ्रष्टचार बिरोधी अभियानमा आफनो समर्थन रहने बताए । आफुहरु चुनाव जितेर क्षेत्रको विकासका लागि रातदिन लागि रहने जनताको सेवक भएकोले पाच दलीय गठबन्धनलाई मत दिन आग्रह पनि गरे ।
उनले आफु काग्रेस पार्टीबाट जिते पनि सबै दल र सबैको सुझाब र सल्लाहमा क्षेत्रको विकासका लागि मास्टरप्लान बनाई योजनाबद्ध ढङले बढने सोच रहेको उनले बताए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८