बारा/लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने नाराकासाथ बाराको निजगढ नगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । शनिवार बिहान औपचारिक रुपमा एक कार्यक्रमको आयोजना गरेर लैगिंक हिसा बिरुद्धको अभियानको सुरु गरिएको हो ।
सो कार्यक्रममा सहभागीहरुले महिला तथा वालवालिका माथि कुनै पनि प्रकारको हिंसा नगर्ने प्रतिबद्धता सहित हस्ताक्षर र सेतो रिवल लगाएका थिए । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नं. १ का वडा अध्यक्ष मंगल लोप्चन लगायतले घरबाटै हिंसा अन्त्यको शुरु गर्नुपर्ने बताएका थिए ।
नगर प्रमुख पुरीको अध्यक्षतामा भएको कार्यक्रम शाखा प्रमुख रोजी श्रेष्ठले सञ्चालन र कार्यपालिका सदस्य मैया कुमारी सुनार अरुणाले स्वागत मन्तब्य ब्यप्त गरेको कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोईराला, मेचि महाकाली बुहारी संयुक्त आवाज बाराकी अध्यक्ष चन्द्रिका पुलामी मगर, निजगढ महिला विकास संस्था, दलित महिला केन्द्र नेपाल शान्ति पासवान, महिला विकास केन्द्रको अन्जु नेपाली, निजगढ महिला समुह प्रेमकुमारी पुलामी लगायतले महिला तथा वालवालिका माथि हुने कुनै हिंसा सैह्र नहुने र यस्ता प्रकारका हिसां अन्त्यका लागि राज्य गम्भिर हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिकर्मी, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले ब्यानरमा हस्ताक्षर गर्दै लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानप्रति प्रतिवद्धता जनाए । उनीहरुले हिंसाको व्यवहारिक रुपमै अन्त्य गर्न आवश्यक रहेकाले त्यसविरुद्धको १६ दिने अभियानसँगै हिंसाका कारण र समाधान खोज्नु पर्नेमा जोड दिएका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८