बारा/ सिमरा
साना किसान कृषि सहकारी संस्था लि. सिमराले अन्तराष्ट्रीय नारी दिवसको उपलक्ष्यमा सञ्चालन गरेको निशुल्क आँखा शिविरमा ४सय ९५ जनाले आँखा परीक्षण गरेका छन् ।
साना किसान कृषि सहकारी संस्था लि. सिमराको आयोजना र किरण आँखा अस्पताल वीरगञ्जको सहकार्यमा सञ्चालन भएको शिबिरमा १ सय ५० जना पुरुष र ३ सय ४५ जना महिलाले निशुल्क आँखा चेकजाँच गराएका थिए । जसमा ५५ जनामा मोतिया बिन्दु देखा परेको साना किसान कृषि सहकारी संस्था लिमिटेड सिमराका अध्यक्ष कमला अधिकारीले जनाएका छन् ।
समाजिक उत्तरदायित्व अन्तर्गत भएको शिबिरमा निशुल्क आँखाको औषधीहरु बितरण गरिएको थियो । शिविरमा चेकजाँच गर्दा मोतियाबिन्दु देखा परेका बिरामीहरुलाई बिशेष छुट र सहुलियत दरमा किरण आँखा अस्पतालले शल्यक्रिया गर्ने संस्थाले जनाएको छ ।
निशुल्क आँखा परीक्षणका लागि जीतपुरसिमरा उपमहानगरपालिकाको २४ वटा वडाको बिभिन्न ठाउँबाट र छिमेकी नगरपालिका कोल्हबीबाट मानिसहरु आएको साना किसान कृषि सहकारी संस्था लि. सिमराले जनाएको छ ।
शिबिरमा शेयर सदस्य ८१ वर्षिय ईन्दु देबी अचार्यको आँखा चेकजाँच गरी शिबिरको सुरुवात गरिएको थियो । शिबिर हुनुभन्दा अगाडि भएको औपचारिक कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले सहकारीले गरेको लगानी उत्पादनमुखी हुनुपर्ने बताएका थिए । कार्यक्रममा एकिकृत समाजवादीका पाटीका केन्द्रिय सदस्य ताज महम्मद ,हिमाल खेर ,जिल्ला सदस्य बिरेन्द्र साह लगायतको सहभागिता रहेको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८